काठमाडौं । रसुवामा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनामा बेपत्ता दुईजनाको सकुशल उद्धार गरिएको छ।
आज बिहान नेपाल विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साहलाई उद्धारटोलीले सुरुङबाट सकुशल निकालेको हो।
सप्तरी जिल्लाको कोईलाडी-८ स्थायी घर भएका माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत ३० वर्षीय साह बाढी आएदेखि नै सम्पर्कविहीन भएका थिए।
त्यस्तै, अर्का मेकानिकल सुपरभाइजर कबिर महर्जनको पनि सोही सुरुङबाट उद्धार गरिएको छ।
काठमाडौंको बालकुमारी-३ स्थायी घर भएका ४५ वर्षीय महर्जन आयोजनाको कार्यस्थलबाटै सम्पर्कबिहीन भएका थिए।











