काठमाडौं। उपत्यकाका बाहिर रिफिल गरेर ढुवानी गर्नुपर्ने बाध्यतापछि एलपी ग्यास उद्योग संघले ग्यासको मूल्य बढाएको छ।
ढुवानी भाडा १०५ रुपैयाँ ३८ पैसा र आयल निगमले तोकेको प्रतिसिलिन्डर मूल्य २०६० रुपैयाँमा गरी अब दुई हजार १६५ रुपैयाँ ३८ पैसामा ग्यासको कारोबार हुनेछ।
संघका अध्यक्ष दिवान बहादुर चन्दले विज्ञप्ति जारी गर्दै नयाँ सिलिन्डरको बजारीकरण नगर्न पनि उद्योगीलाई आग्रह गरेका छन्।
भदौ १४ गते कृष्णभीरमा पहिरो गएर सडक मार्ग अवरुद्ध भएको छ। वैकल्पिक बाटोबाट ग्यास बुलेट उपत्यका ल्याउन सम्भव नभएपछि अहिले उपत्यका बाहिर नै सिलिन्डर रिफिङ गरेर ल्याउने तयारी उद्योगहरुले गरिरहेका छन्।










