सहसचिवले धमाधम पाउन थाले बढुवा, बालेनले कमल र इन्दुपछि नारायण भट्टलाई बनाए सचिव



बिजमाण्डू
२०८३ भदौ १८ गते १७:१२ | Sep 3, 2026
सहसचिवले धमाधम पाउन थाले बढुवा, बालेनले कमल र इन्दुपछि नारायण भट्टलाई बनाए सचिव
नारायण प्रसाद भट्ट


काठमाडौं। सरकारले सहसचिवहरुलाई धमाधम बढुवा गर्न थालेको छ।

Vigo
GBIME
Tata

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव नारायण प्रसाद भट्टलाई सचिवमा बढुवा गरेको छ। दुई साताको अवधिमा सचिवमा बढुवा हुने भट्ट तेस्रो कर्मचारी हुन्।

हाल राष्ट्रिय सतर्कता केन्द्रमा कार्यरत भट्टलाई बढुवासँगै कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयमा पदस्थापना गरिएको छ। बालेन्द्र शाह नेतृत्वको सरकारले यसअघि भदौ ३ गते कमलप्रसाद भट्टराई र १२ गते इन्दु घिमिरेलाई सचिवमा बढुवा गरेको थियो।

गत पुस २९ गतेयता सचिवमा बढुवा रोकिएको थियो।