काठमाडौं। प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद भरत बैठक प्रतिनिधिसभाको बैठकमै बेहोस भएर लडेका छन्। बिहीबार सभाको आकस्मिक समय चलिरहेका बेला खड्का लडेका हुन्।
उनी फेन्ट भएर लडेपछि उनको वरपर बसेका कांग्रेसका सांसदहरु उठेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सोम शर्मा बोलिरहेका बेला खड्का लडेका हुन्।
लगत्तै सभामुख डीपी अर्यालले तत्काल शर्मालाई बोल्न रोके। कांग्रेसकै सांसद डा. चन्द्रमोहन यादव दौडिदै खड्का भएको ठाउँमा पुगे।
संसद् सचिवालयमा कार्यरत डाक्टरले तत्काल उपचार सुरु गरेको सचिवालयले जनाएको छ। त्यसपछि खड्कालाई अहिले वीर अस्पताल लगिएको छ।










