भोटेकोशी बाढी प्रभावितको राहतका लागि सोनाम गियरले सरकारलाई दियो २० लाख रुपैयाँ



बिजमाण्डू
२०८३ भदौ १८ गते १५:०४ | Sep 3, 2026
भोटेकोशी बाढी प्रभावितको राहतका लागि सोनाम गियरले सरकारलाई दियो २० लाख रुपैयाँ


काठमाडौं। भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत र पुनर्स्थापनाका लागि सोनाम गियरले सरकारलाई २० लाख रुपैयाँ सहयोग गरेको छ।

Vigo
GBIME
Tata

कम्पनीले सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। कम्पनीका सञ्चालक टासी छोन्बे नेपालीले प्राकृतिक विपत्तिका कारण कठिन परिस्थितिमा परेका नागरिकलाई निजी क्षेत्रले आफ्नो सामाजिक उत्तरदायित्व सम्झेर सहयोग गर्नुपर्ने बताए।

‘विपद्को यस कठिन घडीमा पीडित नागरिकको साथमा उभिनु हामी सबैको साझा दायित्व हो। राज्यले सञ्चालन गरिरहेको राहत तथा उद्धार अभियानलाई सहयोग पुर्‍याउनु निजी क्षेत्रको पनि महत्वपूर्ण जिम्मेवारी हो,’ उनले भने।