रसुवागढी नाका ध्वस्त भएपछि केरुङतर्फ रोकिएका ११४ नेपाली तातोपानी नाकाबाट आउँदै



बिजमाण्डू
२०८३ भदौ १८ गते १४:५५ | Sep 3, 2026
रसुवागढी नाका ध्वस्त भएपछि केरुङतर्फ रोकिएका ११४ नेपाली तातोपानी नाकाबाट आउँदै


काठमाडौं। भोटेकोशीको नदीको बाढीका कारण रसुवागढी नाका ध्वस्त भएपछि केरुङतर्फ रोकिएका नेपालीलाई तातोपानी नाका हुँदै ल्याइने भएको छ।

Vigo
GBIME
Tata

ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले केरुङतर्फ रहेका नेपालीमध्ये ११४ जना तातोपानी नाकाबाट स्वदेश फर्किन लागेको जानकारी दिए। उनले तातोपानी नाकाबाट स्वदेश फर्काइन लागेका नेपालीहरुको सूची पनि सार्वजनिक गरेका छन्।

तातोपानी भन्सारका प्रमुख अधिकृत दीपेन्द्र प्रकाश गिरीले पनि चीनले केरुङमा रोकिएका नेपाली तातोपानी नाका हुँदै आउन लागेको बताए।

चीनले तातोपानी नाका सामान आयात निर्यातका लागि भने बन्द गरेको छ।

बाढीका कारण केरुङतर्फ व्यवसायी, कन्टेनर चालक/सहचालक, मानसरोवर गएका यात्री लगायत रोकिएका थिए। त्यसरफ रोकिएका कतिपय उडानमार्फत फर्किएका छन्।