भोटेकोशीमा बाढीमा उद्धारसँगै प्रहरी अपराध रोक्न पनि सक्रिय, चोरीको घट्ना नियन्त्रणमा सचेत



बिजमाण्डू
२०८३ भदौ १४ गते १८:४४ | Aug 30, 2026
भोटेकोशीमा बाढीमा उद्धारसँगै प्रहरी अपराध रोक्न पनि सक्रिय, चोरीको घट्ना नियन्त्रणमा सचेत


काठमाडौं। भोटेकोशी बाढीपछि हुनसक्ने आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरी सक्रिय बनेको छ।

Vigo
GBIME
Tata

सुरक्षाकर्मीहरु विपद्को समयमा खोज तथा उद्धार व्यस्त रहेका बेला लुटपाट चोरी, ठगी जस्ता आपराधिक क्रियाकलाप बढ्न सक्ने भएकाले प्रहरी थप सक्रिय बनेको हो। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक अविनारायण काफ्लेले चोरी लगायतका घट्ना बढ्ने आंकलन गर्दै प्रहरी सक्रिय बनिसकेको बताए। उनका अनुसार प्रहरीले उद्दारसँगै रसुवाको भोटेकोशीमा आएको बाढीले बगएको सेफ तोडफोड गरी नगद चोरी गर्ने २९ जनालाई प्रहरीले शुक्रबार पक्राउ पनि गरिसकेको छ।

यसैगरी प्रहरीले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषको नाममा भ्रम सृजना गर्ने रामेछाप गोकुलगंगा गाउँपालिका-२ ठोसे बस्ने ३२ वर्षीय भगवान कार्की पक्राउ गरिसकेको छ। उनले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा १ लाख २० हजार रूपैयाँ रकम सहयोग गरेको भनी सामाजिक सञ्जालहरूमा पोष्ट गरेका थिए। यस्तै बाढीले बगाई ल्याएको शवबाट कानको मुन्द्रा चोरी गर्ने चितवन भरतपुर महानगरपालिका-१ लीला चोक बस्ने २५ वर्षीय मदन गुरूङ समेत २ जनालाई भदौ ११ गते प्रहरीले पक्राउ गरेको थियो।