सूचना प्रविधि क्षेत्रका दुई दर्जन स्टार्टअप सञ्चालकलाई अर्थमन्त्री डा. वाग्लेले बोलाए



बिजमाण्डू
२०८३ भदौ ९ गते १०:३२ | Aug 25, 2026
सूचना प्रविधि क्षेत्रका दुई दर्जन स्टार्टअप सञ्चालकलाई अर्थमन्त्री डा. वाग्लेले बोलाए


काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचना प्रविधि क्षेत्रका दुई दर्जन भन्दा बढी स्टार्टअप सञ्चालकलाई छलफलका लागि बोलाएका छन्।

Vigo
GBIME
Tata

उनले बजेट कार्यान्वयन संवाद शृङ्खला अन्तर्गत स्टार्टअप सञ्चालकलाई बोलाएका हुन्। छलफल अर्थ मन्त्रालयमा केहीबेरमा सुरु हुनेछ।

छलफलमा मुख्यतया सूचना प्रविधि क्षेत्रको विकासमा बजेटमार्फत लिइएको नीति, यसको प्रभावकारी कार्यान्वयन, युवा उद्यमीले गरेका प्रयास एवं सरकारले गर्नुपर्ने सहजीकरणका सम्बन्धमा अर्थमन्त्री वाग्लेले धारणा राख्ने उनको सचिवालयले जनाएको छ।