प्रतिनिधिसभाको आजको बैठक स्थगित, बुधबार प्रधानमन्त्री बालेनसँग प्रश्नोत्तर



बिजमाण्डू
२०८३ भदौ ९ गते १०:३० | Aug 25, 2026
प्रतिनिधिसभाको आजको बैठक स्थगित, बुधबार प्रधानमन्त्री बालेनसँग प्रश्नोत्तर


काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठक स्थगित भएको छ। संसद् सचिवालयले सूचना निकालेर बैठक स्थगित भएको जनाएको हो।

Vigo
GBIME
Tata

मंगलबार १ बजेका लागि तय बैठक अब बुधबार १ बजे बस्नेछ।

बुधबारको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रश्नोत्तर हुने कार्यक्रम छ। आजको बैठकमा कानुन आयोग र मेलमिलाप सम्बन्धि विधेयक लगायतका कार्यसूची रहेको थियो।

संसद् सचिवालयका अनुसार सभामुख डोल प्रसाद अर्यालको स्वास्थ्यमा समस्या आएपछि बैठक स्थगित भएको हो। मंगलबार अर्यालले स्वास्थ्य परीक्षण गराएका थिए।

त्यस्तै, अर्यालकी सासूको निधन भएकाले पनि सभाको बैठक स्थगित गर्नु परेको जनाइएको छ।