इरानको आर्थिक लाइफलाइन अन्त्य गर्ने अमेरिकी प्रयास, ‘अपरेसन इकोनोमिक आउटकास्ट’ घोषणा



बिजमाण्डू
२०८३ भदौ ९ गते ०८:०५ | Aug 25, 2026
इरानको आर्थिक लाइफलाइन अन्त्य गर्ने अमेरिकी प्रयास, ‘अपरेसन इकोनोमिक आउटकास्ट’ घोषणा


काठमाडौं । अमेरिकाले इरानमाथि आर्थिक दबाब थप कडा बनाउन अभियान सुरु गरेको छ। विश्वभर इरानसँग कारोबार गर्ने देश तथा कम्पनीलाई समेत कारबाहीको चेतावनी दिँदै अमेरिकाले अभियान सार्वजनिक गरेको हो।

Vigo
GBIME
Tata

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानको तेलसहित सबै आम्दानीका स्रोत बन्द गर्ने उद्देश्यले अभियान अघि बढाइएको बताएका छन्। उनले ‘अपरेसन इकोनोमिक आउटकास्ट’ नाम दिइएको अभियानलाई ‘आर्थिक डी-डे’ समेत भनेका छन्।

अमेरिकाले इरानका पाँच प्रमुख आर्थिक क्षेत्रहरु – डिजिटल सम्पत्ति, प्रविधि, सुन, एभिएसन र सिपिङलाई लक्षित गर्दै नयाँ प्रतिबन्ध घोषणा गरेको हो। ६० वटा संस्था, जहाज तथा व्यक्तिमाथि पनि प्रतिबन्ध लगाइएको छ।

बेसेन्टले इरानसँग कारोबार गर्ने साझेदारहरुले अमेरिका वा इरानमध्ये एक पक्ष रोज्नुपर्ने चेतावनी दिएका छन्। उनले अमेरिकी प्रतिबन्धको पहुँचबाट कोही पनि बाहिर नहुने दोहोर्‍याएका छन्। यसअघि पनि अमेरिकाले इरानसँग कारोबार गर्ने देशमाथि कडा कदम चाल्ने चेतावनी दिँदै आएको थियो।

यता, इरानले भने अमेरिकाले लगाएको प्रतिबन्धलाई पुरानै रणनीति भनेको छ। इरानी विदेशमन्त्री अब्बास अराघ्चीले प्रतिबन्धबाट इरानमाथि दबाब नपर्ने बताएका छन्।