ग्यास अभावले बढायो विद्युतीय चुलोको माग, इन्डक्सनभन्दा इन्फ्रारेड खोज्ने धेरै



बिजमाण्डू
२०८३ भदौ ८ गते १७:५४ | Aug 24, 2026
ग्यास अभावले बढायो विद्युतीय चुलोको माग, इन्डक्सनभन्दा इन्फ्रारेड खोज्ने धेरै


काठमाडौं। खाना पकाउने ग्यास अभावका कारण बजारमा विद्युतीय चुलोको माग बढेको छ। उपभोक्ताले विद्युतीय चुलो खोजी गर्ने क्रम बढेपछि व्यापारीहरुले आयात बढाएका छन्।

Vigo
GBIME
Tata

चालु आर्थिक वर्ष पहिलो महिनामा विद्युतीय चुलोको आयात पोहोर सोही महिनाको तुलनामा १७३ प्रतिशतले वृद्धि भएको छ। भन्सार विभागका अनुसार यसपालि साउनमा १३ हजार ९९३ थान इन्फ्रारेड र ९ हजार ८०० थान इन्डक्सन चुलो आयात भएको छ।

इन्फ्रारेड चुलो ३ करोड १५ लाख ४८ हजार रुपैयाँ र इन्डक्सन चुलो २ करोड ३४ लाख ५७ हजार रुपैयाँको भित्रिएको हो।

पोहोर साउनमा ९२ लाख ३६ हजार रुपैयाँको ४ हजार ८९३ थान इन्फ्रारेड र ८४ लाख रुपैयाँको ३ हजार ८०० थान इन्डक्सन चुलो आयात भएको थियो।