नेपालको आइमार्क विश्व फिनटेक मञ्चमा, ‘बेस्ट पेमेन्ट्स सोलुसन’मा मनोनयन



बिजमाण्डू
२०८३ भदौ ८ गते १७:३६ | Aug 24, 2026
नेपालको आइमार्क विश्व फिनटेक मञ्चमा, ‘बेस्ट पेमेन्ट्स सोलुसन’मा मनोनयन


काठमाडौं। नेपालको डिजिटल भुक्तानी क्षेत्रमा काम गर्दै आएको आइमार्क प्रालि विश्व चर्चित फिनटेक सम्मेलन ग्लोबल फिनटेक फेस्ट (जीएफएफ) २०२६ को ‘बेस्ट पेमेन्ट्स सोलुसन’ विधामा मनोनयन भएको छ।

Vigo
GBIME
Tata

भारतको मुम्बईमा सेप्टेम्बर ८ देखि ११ गतेसम्म हुने जीएफएफमा विश्वभरका बैंक, वित्तीय संस्था, केन्द्रीय बैंक, नियामक, फिनटेक कम्पनी, स्टार्टअप तथा प्रविधि क्षेत्रका प्रतिनिधि सहभागी हुनेछन्।

‘बेस्ट पेमेन्ट्स सोलुसन’ विधामा आइमार्कसँगै क्याम्सपे, बैंक अफ इन्डिया, स्प्रिन्टपीजीएक्स र इन्भ्वाइसमार्ट लगायत कम्पनी सर्टलिस्टमा परेका छन्। गत वर्ष यो अवार्ड भारतीय डिजिटल भुक्तानी कम्पनी पेटिएमले पाएको थियो।

यस वर्षको जीएफएफको मुख्य विषय ‘पोटेन्सियल टु इम्प्याक्ट’ रहेको छ। सम्मेलनमा एजेन्टिक एआई, टोकनाइजेसन र क्वान्टम प्रविधिका साथै डिजिटल भुक्तानी, वित्तीय समावेशीकरण, जोखिम व्यवस्थापन, डेटा र डिजिटल रूपान्तरणबारे छलफल हुनेछ।

सम्मेलनमा ८० भन्दा बढी देशका प्रतिनिधि र ८० भन्दा बढी नियामकको सहभागिता रहनेछ।

कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रामप्रसाद ढुङ्गानाले टोलीको मेहनत तथा ग्राहक र साझेदारको विश्वासका कारण अन्तर्राष्ट्रिय फिनटेक मञ्चमा नेपालको प्रतिनिधित्व गर्न सफल भएको बताए।

आइमार्कले सुरक्षित, भरपर्दो र नवीन डिजिटल भुक्तानी समाधान विकास गर्दै आएको छ।