काठमाडौं। काठमाडौंमा निजी क्षेत्रबाट सञ्चालित छात्रावास (होस्टल) हरुमा पछिल्ला दिनमा सुरक्षालगायतका व्यवस्थापकीय गुनासो बढेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले २१ बुँदै निर्देशन जारी गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले सूचना जारी गर्दै होस्टलहरुमा विभिन्न घटनाहरु समेत घटिरहेको भन्दै निर्देशनसम्बन्धी जानकारी दिएका छन्।
सूचना अनुसार विद्यार्थीहरुमा गर्ने व्यवहार, सुरक्षा, व्यवस्थापन, पुस्तकालय, सरसफाइ लगायतका विषयमा निर्देशन दिइएको छ।
सुरक्षाका लागि सिसिटिभी जडान, वार्डेन र सुरक्षाकर्मीको व्यवस्था लगायतमा पनि स्थानीय प्रशासनले होस्टलहरुलाई निर्देशन गरेको छ।











