काठमाडौं। एनआईसी एशिया बैंकले काठमाडौंको दक्षिणकाली नगरपालिका-८ छैमस्थित कृष्ण माध्यमिक विद्यालयमा विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री सहयोग गरेको छ।
पठनपाठनलाई अझ सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यका साथ सहयोग आवश्यकता भएका गरिब तथा विपन्न विद्यार्थीका लागि सामग्री सहयोग गरिएको बैंकले जनाएको छ।
बैंकले उक्त विद्यालयमा अध्यनरत २०६ जनाभन्दा धेरै विद्यार्थीका लागि ट्रयाकसुट, टिसर्ट र विभिन्न शैक्षिक सामग्रीहरु विद्यालयलाई प्रदान गरेको छ।
बिहीबार एक विशेष कार्यक्रमका बीच बैंकको काठमाडौं दक्षिण सर्कल हेड उज्ज्वल रिमाल र फर्पिङ शाखा प्रमुख सुदीप रेग्मीले उक्त विद्यालयका प्रधानाध्यापक रमेश आचार्यलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन्।
बैंकले उक्त विद्यालयलाई उपलब्ध गराएको सहयोगले विद्यार्थीहरूको पठनपाठनमा सहजता हुनुको साथै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।









