नाइमा नेपाल मोबिलिटी अटो शोमा पाँच दिनमै डेढ लाख बढीले गरे अवलोकन



बिजमाण्डू
२०८३ साउन ३० गते २०:३४ | Aug 15, 2026
नाइमा नेपाल मोबिलिटी अटो शोमा पाँच दिनमै डेढ लाख बढीले गरे अवलोकन


काठमाडौं। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको अटो शोमा शनिबार एकैदिन ४२ हजारले अवलोकन गरेका छन्। यो सँगै पाँच दिनमा मेला अवलोकनकर्ताको संख्या एक लाख ५० हजार नाघेको छ।

Tata
GBIME

आयोजक नाइमाले ६ दिनमा डेढ लाखले शो अवलोकन गर्ने अपेक्षा गरेको थियो।

एक्स्पोको उ‌द्घाटनका दिन साउन २६ गते २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार र चौथो दिन ३१ हजारभन्दा बढीले अवलोकन गरेका थिए।

मेलामा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनीमा राखिएका छन्।

प्रदर्शनीमा हालसम्म विभिन्न ब्रान्डले ५३ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका छन्। पाँचौं दिनमा पनि एउटा सवारीसाधन लञ्च गरिएको छ। लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी मोटरहब प्रालिले आर्कफक्स क्रसओभर सार्वजनिक गरेको हो।