काठमाडौं। नेपालका लागि बीवाइडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले देशव्यापीरुपमा ‘बीवाइडी अपडेट टु केयर प्लस’ अभियान सुरु गरेको छ।
कम्पनीले सुपेरियर आफ्टर सेल्स सर्भिस, स्मार्ट भेइकल कनेक्टिभिटी र कम्प्लिट ओनरसिप प्रोटेक्सनका साथ ग्राहकको स्वामित्व अनुभवलाई अझ सहज, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यले नयाँ अभियान सुरु गरेको हो।
बीवाइडी सर्भिस सेन्टर गुहेश्वरीमा आइतबार एक समारोहबीच अभियान शुभारम्भ गरिएको छ। अभियान नाइमा मोबिलिटी एक्स्पोको पूर्वसन्ध्यामा देशभरका १३ वटा बीवाइडी सर्भिस सेन्टरमा एकसाथ सुरु भएको कम्पनीले जनाएको छ। कम्पनीले सन् २०२६ भित्र भक्तपुर, डल्लु र लहानमा थप ३ वटा सर्भिस सेन्टर सञ्चालनमा ल्याउन लागेको छ।
बीवाइडीले सवारी बिक्रीसँगै ग्राहकको दीर्घकालीन स्वामित्व अनुभवलाई पनि प्राथमिकतामा राख्दै आएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले ग्राहकको वास्तविक स्वामित्व यात्रा सवारी डेलिभरीपछि सुरु हुने बताए।

‘हामी ग्राहकको स्वामित्व यात्रालाई सवारी हस्तान्तरणपछि अझ महत्वपूर्ण मान्छौं,’ उनले भने, ‘बीवाइडी अपडेट टु केयर प्लस अभियानमार्फत हामी प्रोफेसनल सर्भिस, स्मार्ट कनेक्टिभिटी र व्यापक स्वामित्व सुरक्षालाई एउटै पहलमा समेटेर देशभरका १३ वटै सर्भिस सेन्टरमा उपलब्ध गराउँदैछौं। हाम्रो उद्देश्य प्रत्येक ग्राहकलाई विश्वास दिलाउनु हो।’
कम्पनीका अनुसार ‘बीवाइडी अपडेट टु केयर प्लस’ अभियानले प्रोफेसनल मेन्टिनेन्स तथा सर्भिस, इन्टेलिजेन्ट कनेक्टेड कार सर्भिस र भरपर्दो स्वामित्व सुरक्षा लगायत सेवालाई एउटै पहलअन्तर्गत समेटेको छ। यसका लागि कम्पनीले एनसेल, हिमालयन एभरेस्ट इन्स्योरेन्स तथा शिखर इन्स्योरेन्ससँग सहकार्य गरेको छ।
२०२४ सेप्टेम्बरअघि डेलिभरी भएका र यसअघि बीवाइडी एप कनेक्टिभिटी तथा इन्फोटेनमेन्ट एक्टिभिसेन लगायत फिचर उपलब्ध नभएका योग्य सवारीसाधनमा बीवाइडी एप कनेक्टिभिटी तथा इन्फोटेनमेन्ट एक्टिभेसन निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ।
‘केयर प्लस’का तीन पिलर
कम्पनीले बिक्रीपछिको स्वामित्व अनुभवलाई नयाँ स्तरमा पुर्याउने उद्देश्यले यो अभियान तीनवटा पिलरमा तयार गरेको छ।

‘केयर प्लस’ले बीवाइडीको आधिकारिक सर्भिस सिस्टममार्फत ग्राहकलाई बिक्रीपछिको उच्च स्तरीय सेवा उपलब्ध गराउनेछ। यसअन्तर्गत सवारीको विस्तृत निरीक्षण, जेन्युइन बीवाइडी स्पेयर पार्ट्स, प्रोफेसनल परीक्षण सेवा तथा सर्टिफाइड बीवाइडी प्राविधिकबाट सेवा उपलब्ध हुनेछ।
‘कनेक्ट प्लस’मार्फत स्मार्ट कनेक्टिभिटी
‘कनेक्ट प्लस’अन्तर्गत ग्राहकलाई सवारीसँग सम्बन्धित थप डिजिटल सुविधा लिन सहज बनाइनेछ। यसमा सिम एक्टिभेसन, बीवाइडी एप एक्टिभेसन, कनेक्टेड भेहिकल फिचर तथा इन्फोटेनमेन्ट कनेक्टिभिटी समावेश छन्। यी सेवाका एनसेलले सहयोग गर्नेछ।
‘प्रोटेक्ट प्लस’
‘प्रोटेक्ट प्लस’ अन्तर्गत ग्राहकलाई बीमा सम्बन्धी परामर्श, बीमा नवीकरणमा सहयोग, योग्य सवारीसाधनका लागि विस्तारित वारेन्टीसम्बन्धी जानकारी तथा सहजीकरण उपलब्ध गराइनेछ। यसमा १० वर्षसम्मको विस्तारित वारेन्टी सम्बन्धी सुविधा पनि समावेश छ।

त्यस्तै, दुर्घटना भएको अवस्थामा नगदरहित सेवा तथा बीमा दाबी प्रक्रियामा समन्वय र सहजीकरण गरिनेछ। यसका लागि शिखर र हिमालयन एभरेस्ट इन्स्योरेन्सले सहयोग गर्नेछन्।
ग्राहकलाई विशेष सुविधा
अभियानअन्तर्गत ग्राहकले ब्याट्री कभर, स्पेयर टायर र डेन्ट एन्ड पेन्ट सेवामा १० प्रतिशत छुट पाउनेछन्।

साथै ग्राहकले एकपटक निःशुल्क होम चार्जर चेक-अप सुविधा प्राप्त गर्नेछन्। यसअघि बीवाइडी एप कनेक्टिभिटी सुविधा नपाएका ग्राहकले इन्फोटेनमेन्ट सुविधासहित ६ महिनासम्म निःशुल्क बीवाइडी एप कनेक्टिभिटी डाटा समेत प्राप्त गर्नेछन्।









