सांसदहरुले बैठक बंक गर्न थालेपछि हाजिर जाँच गर्दै रास्वपा, प्रकाशचन्द्र र क्रान्तिशिखालाई जिम्मेवारी



बिजमाण्डू
२०८३ साउन २२ गते १९:०८ | Aug 7, 2026
सांसदहरुले बैठक बंक गर्न थालेपछि हाजिर जाँच गर्दै रास्वपा, प्रकाशचन्द्र र क्रान्तिशिखालाई जिम्मेवारी
क्रान्तिशिखा धिताल र प्रकाशचन्द्र परियार


काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदहरुले प्रतिनिधि सभाको बैठक बंक गर्न थालेपछि हाजिर जाँच गर्ने भएको छ।

Tata
GBIME

पछिल्लो समय संसद्‍ बैठकमा अपेक्षित उपस्थिति नभएको, सुरुमा उपस्थित भए पनि बीचमा छोडेर जाने क्रम बाक्लिँदै गएको र यसबाट संसद्‍को गरिमा कमजोर हुँदै जाने देखिएको भन्दै रास्वपाले हाजिर जाँच गर्ने भएको हो।

हाजिर जाँच गर्ने जिम्मा संसदीय दलका सचेतक प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई दिइएको छ।

मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार प्रकाशचन्द्र र क्रान्तिशिखालाई असार ३० र ३१ तथा साउन १४, १८ र २२ गतेको बैठकको हाजिरी संसद् सचिवालयबाट झिकाई विश्लेषण गरि ७ दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ।