खानी तथा खनिज पदार्थसहित ४ वटा विधेयक प्रतिनिधि सभामा पेस, अरु कुन-कुन?



बिजमाण्डू
२०८३ साउन २२ गते १८:२२ | Aug 7, 2026
खानी तथा खनिज पदार्थसहित ४ वटा विधेयक प्रतिनिधि सभामा पेस, अरु कुन-कुन?


काठमाडौं। सरकारले विभिन्न ४ वटा विधेयक संसद्‍मा पेस गरेको छ। प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा सम्बन्धित मन्त्रीले विधेयक पेस गरेका हुन्।

Tata
GBIME

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले खानी तथा खनिज पदार्थ र परराष्ट्रमन्त्री शिशिर खनालले राहदानी (पहिलो संशोधन) विधेयक पेस गरेका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुनमन्त्री सोविता गौतमले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवाको सर्त र सुविधा सम्बन्धी (पहिलो संशोधन) तथा महिलामन्त्री सीता वादीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण (पहिलो संशोधन) विधेयक पेस गरेका छन्।