काठमाडौं। नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट्न नपाएको गुनासो गरेका छन्।
उनले शुक्रबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग भेट्नका लागि ४ महिनाअघि आग्रह गरेकामा अहिलेसम्म भेटन नपाएको बताए।
प्रधानमन्त्रीले सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदलाई भेटे पनि आफूलाई बेवास्ता गरेको आरोप लगाए।
‘भेटका लागि चैत २१ गते उहाँको कार्यकक्षमै गएर निवेदन दिएको थिएँ। तर अहिलेसम्म भेटन पाइएन,’ स्वाँरले भने, ‘आफ्नालाई हेर्ने चस्मा एक, अरुलाई हेर्ने चस्मा अर्कै हो कि। यसमा मेरो घोर आपत्ति छ।’









