करदाता प्रोत्साहन उपहार कार्यक्रम : १५ जनाले जिते १/१ लाख, यी हुन् विजेता कुपन



बिजमाण्डू
२०८३ साउन २२ गते ११:२१ | Aug 7, 2026
करदाता प्रोत्साहन उपहार कार्यक्रम : १५ जनाले जिते १/१ लाख, यी हुन् विजेता कुपन


काठमाडौं। सरकारले चालु आर्थिक वर्षदेखि सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत १५ जनाले १/१ लाख रुपैयाँ जितेका छन्।

Tata
GBIME

साउन १ देखि १५ गतेसम्म प्यान वा भ्याटमा दर्ता भएका व्यवसायबाट सामान खरिद गरेर बिल लिएका उपभोक्तामध्ये १५ जनाले दैनिक १/१ लाख रुपैयाँ जितेका हुन्।

कुपन नम्बर ००७७५५५९०६७०, ००२९२८८१७८११, ००३०६६७७९५८९, ०१५६११०५९०७५ र ००९९१७८३३२४५ भएका ग्राहकले उपहार जितेका छन्।

त्यस्तै ००८७८२४८६३३५, ०१२२५९०८६५९९, ००४७८०९४०८८४, ०१३०३५२३०२९७, ०१४९७३९३०७३३ कुपन नम्बरवाला ग्राहकले पनि १/१ लाख रुपैयाँ प्राप्त गर्ने भएका छन्।

०१०८३७१८०३३२, ००१८०८९६५९८६, ००६८४१५५३५३७, ००५५८८५०६०८५ र ०११३८०९१४५८० कुपन भएका ग्राहक पनि दैनिक उपहार विजेता भएका छन्। १ लाख कर कट्टी गरिसकेपछिको रकम हो।

यी सबै उपभोक्ताले भदौ ६ गतेभित्र सक्कली बिलसहित नजिकको आन्तरिक राजस्व कार्यालयमा गएर आफ्नो उपहार रकम दाबी गर्नुपर्नेछ। यही कार्यक्रमअन्तर्गत बम्पर उपहारमा १ जनाले १० लाख रुपैयाँ जितेका छन्।

करदाता प्रोत्साहन कार्यक्रममा सहभागी हुनका लागि आफूले खरिद गरेको प्यान वा भ्याट बिलसहित आन्तरिक राजस्व विभागको वेबसाइटमा गएर दर्ता गर्नुपर्छ। त्यसपछि विभागले कुपन प्रदान गर्दछ।

तर, बैंक तथा वालेटको क्यूआरमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता यो कार्यक्रममा स्वतः जोडिने छन्।

अबदेखि हरेक महिनाको १६ गते र महिनाको अन्तिम दिन उपहार घोषणा गरिनेछ। उपहार प्राप्त गर्न बिल भने अनिवार्य साथमा हुनुपर्ने विभागले जनाएको छ।