काठमाडौं। वुलिङको सेभेन सिटर डारियोन इभी नेपाल भित्रिएको छ। केही दिनपछि हुने नाइमा मोबिलिटी एक्स्पोलाई लक्षित गर्दै पारामाउन्ट मोटर्सले बहुप्रतीक्षित विद्युतीय एमपीभी (मल्टी-पर्पोज भेहिकल) नेपाल ल्याएको हो।
डारियोन इभी नेपालमा वुलिङको पहिलो पूर्ण विद्युतीय सेभेन सिटर एमपीभी हो। ठूलो परिवार तथा व्यावसायिक प्रयोगकर्तालाई लक्षित गरी विकास गरिएको यो गाडीमा प्रशस्त क्याबिन स्पेस, थ्री रोको सिट र आधुनिक प्रविधि समावेश छ।
गाडीमा आकर्षक फ्रन्ट डिजाइन, एलईडी हेडल्याम्प, ठूलो टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, मल्टिफङ्सन स्टेरिङ, कनेक्टेड कार फिचर तथा विभिन्न सुरक्षा प्रणाली उपलब्ध छन्। साथै, आरामदायी यात्राका लागि फराकिलो बुट स्पेस र लचिलो सिट कन्फिगरेसन छ।


पारामाउन्ट मोटर्सले गाडीको मूल्य, ब्याट्री क्षमता, एकपटकको चार्जमा गुड्ने दूरी, चार्जिङ क्षमता तथा अन्य प्राविधिक विवरण नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक गरिने जनाएको छ।








