एनसेलको नयाँ मनसुन अफर : प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक पाइने



बिजमाण्डू
२०८३ साउन २० गते १४:०२ | Aug 5, 2026
एनसेलको नयाँ मनसुन अफर : प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक पाइने


काठमाडौं। एनसेलले आफ्ना प्रिपेड ग्राहकलाई लक्षित गरी नयाँ आकर्षक मनसुन अफर संचालनमा ल्याएको छ।

Tata
GBIME

बुधबार सुरु भएको यो अफरमा हरेक ग्राहकले ५० रुपैयाँभन्दा माथिको प्याक किन्दा प्याकअनुसार ५ देखि २० प्रतिशतसम्म क्यासब्याक पाउने कम्पनीले जनाएको छ। प्याक वा सिम कार्ड किन्दा यो क्यासब्याक पाइने एनसेलले जनाएको छ।

यो अफरमा लागू हुने कुनै पनि प्याक लिएपछि ग्राहकले तत्काल क्यासब्याकको एसएमएस पाउने छन्। ग्राहकले उक्त क्यासब्याक रिवार्ड २४ घण्टाभित्र दाबी गरिसक्नुपर्ने हुन्छ। एनसेल एपमा गई सजिलै ‘क्लेम क्यासब्याक’ सेलेक्ट गरेर रिवार्ड लिन सकिने कम्पनीले बताएको छ।

ग्राहकले यसरी प्राप्त गरेको क्यासब्याकको फाइदा एक साताभित्र उठाई सक्नुपर्नेछ। प्रत्येक पटक योग्य प्याक लिँदा प्राप्त भएको क्यासब्याक ग्राहकको एनसेल एपमा जम्मा भएर बस्छ भने त्यसबाट आफूलाई आवश्यक अन्य प्याकहरू पनि किन्न सकिनेछ।

यसरी पाएको क्यासब्याक अन्य कुनै एनसेल ग्राहकलाई ट्रान्सफर भने गर्न मिल्ने छैन। यस्ता प्याक नगदमा रूपान्तरण पनि नहुने एनसेलले बताएको छ।

यो अफरअन्तर्गत ५० रुपैयाँ देखि ९९ रुपैयाँसम्मको प्याक लिने ग्राहकले ५ प्रतिशत क्यासब्याक पाउने छन्। १०० रुपैयाँदेखि २०० रुपैयाँसम्मको प्याकमा १० प्रतिशत, २०१ रुपैयाँदेखि ४९९ रुपैयाँसम्मको प्याकमा १५ प्रतिशत र ५०० रुपैयाँ तथा सो भन्दा माथिको प्याक खरिद गर्नेले २० प्रतिशतसम्मको क्यासब्याक पाउने छन्।

‘ग्राहकलाई सधैँ हृदयमा राख्ने कम्पनीको कोर भ्यालु अनुरूप यो अफरमार्फत ग्राहकलाई थप मूल्य उपलब्ध गराइएको हो, जसले ग्राहकको ब्यालेन्स र अनुभव दुवैलाई थप रोमाञ्चक बनाउँछ। प्रत्येक प्याक खरिदलाई अझ लाभदायक बनाएर हामी हाम्रा ग्राहकहरूले एनसेल एपको असीमित सम्भावना अनुभव गरुन् भन्ने चाहन्छौँ,’ एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने।

उनका अनुसार कम्पनीले हिमालयन जाभाको पेय पदार्थ, ट्रिप टर्बोमार्फत अविस्मरणीय यात्रा योजना र अल्टिमाबाट प्रिमियम लाइफस्टाइल उत्पादनहरू खरिद गर्दा पनि कम्पनीले विशेष लाभ उपलब्ध गराएको छ।

‘प्रत्येक रिचार्जमा पाउने रिवार्डमार्फत पनि महसुस गरून् भन्ने चाहन्छौँ,’ उनले भने।