महिन्द्राको नयाँ फ्ल्यागसिप गाडी ‘एक्सइभी ९एस’ नाइमा मोबिलिटी एक्स्पोमा डेब्यु हुने



बिजमाण्डू
२०८३ साउन १८ गते १३:२५ | Aug 3, 2026
महिन्द्राको नयाँ फ्ल्यागसिप गाडी ‘एक्सइभी ९एस’ नाइमा मोबिलिटी एक्स्पोमा डेब्यु हुने


काठमाडौं। महिन्द्राले नेपाली बजारमा आफ्नो विद्युतीय गाडीको लाइनअप थप विस्तार गर्ने भएको छ। कम्पनीले आगामी नाइमा मोबिलिटी एक्स्पो २०२६ मा नयाँ फ्ल्यागसिप इलेक्ट्रिक एसयूभी एक्सइभी ९एस डेब्यु गर्ने तयारी गरेको हो।

Tata
GBIME

यसअघि बजारमा आइसकेका बीई६ र एक्सइभी ९ईसँगै एक्सइभी ९एस पनि महिन्द्राको स्टलमा आकर्षणको केन्द्र बन्ने निश्चित भएको छ।

नेपालमा महिन्द्राको आधिकारिक विक्रेता अग्नि ग्रुपले नाइमा मोबिलिटी एक्स्पो २०२६ मार्फत एक्सइभी ९एस सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

महिन्द्राको नयाँ एक्सइभी ९एस ३ पङ्क्तिको (थ्री-रो) सिटिङ लेआउट भएको प्रिमियम इलेक्ट्रिक एसयूभी हो। यो कम्पनीको डेडिकेटेड इन्ङ्लो इलेक्ट्रिक प्लेटफर्ममा आधारित छ।

यो गाडी ५९, ७० र ७९ किलोवाट आवर (युनिट) क्षमताका ब्याट्री विकल्प उपलब्ध हुनेछन्, जसले एकपटकको चार्जमा अधिकतम करिब ६७९ किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ।

यसमा अत्याधुनिक ट्रिपल-स्क्रिन ककपिट, प्रिमियम इन्टेरियर, ठूलो प्यानोरामिक सनरुफ, मल्टि-जोन क्लाइमेट कन्ट्रोल, वायरलेस कनेक्टिभिटी तथा आधुनिक इन्फोटेनमेन्ट प्रणाली समावेश गरिएको छ। सुरक्षाका लागि लेभल-२ प्लस एडास, ३६० डिग्री क्यामेरा, ब्लाइन्ड स्पट मोनिटरिङ, अडाप्टिभ क्रुज कन्ट्रोल, लेन सेन्टरिङ लगायतका सुविधा रहनेछन्।

चार्जिङमा एक्सइभी ९एसले उच्च क्षमताको १७५ किलोवाट डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ। जसबाट छोटो समयमै ब्याट्री चार्ज गर्न सकिनेछ। यससँगै एसी चार्जिङको सुविधा पनि उपलब्ध हुनेछ।