काठमाडौं । साल्ट ट्रेडिङमा ग्यास खरिद गर्न ग्राहकको भिड लागेको छ। पुरा सिलिण्डर ग्यास वितरण हुन थालेपछि बजारमा अभाव देखि थालेको हो।
कालिमाटीमा रहेको साल्ट्र ट्रेडिङ कर्पोरेशनमा पनि एसटिसी ग्यास खरिद गर्न पुग्ने ग्राहकको भिड लाग्न थालेको कम्पनीले जनाएको छ।
३ दिन यता ग्यासको अभाव भइरहेको कम्पनीका बजार प्रबन्धक प्रज्जवल प्रधानले जानकारी दिए। कालीमाटीमा मात्रै दैनिक ३०० देखि ३५० सिलिण्डर ग्यास वितरण भइरहेको छ।
बिहान आउने ग्यास सिलिण्डर बेलुकासम्म सबै सकिने गरेको उनले बताए।

पहिले आधा सिलिण्डर ग्यास हुँदा अभाव देखिएको थिएन।
‘दुई सातादेखि पूरा सिलिण्डर ग्यास वितरण हुन थालेको र आयात कम हुँदा बजारमा अभाव हुन थालेको छ। अहिले ग्राहकको माग अनुसार ग्यास आपूर्ति छैन,’ बजार प्रबन्धक प्रधानले बताए।
यतिबेला साल्ट ट्रेडिङको कालीमाटी आउलेट सहित सबै बिक्री कक्षहरुमा ग्यास लिन आउने ग्राहकको लामो लाइन लागेको उनले बताए।

भारतबाट ग्यास आयात सहज नभएसम्म बजारमा अभाव हुने देखिएको कम्पनीले जनाएको छ।









