काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री बालेन्द्र शाहलाई लक्षित गर्दै सुशासन सुदृढ बनाउनका लागि अग्रज राजनीतिक व्यक्तित्वको आदर्शलाई आत्मसात् गर्नुपर्ने बताएकी छन्।
उनले आइतबार तुल्सीलाल अमात्यको २९औं स्मृति दिवसका अवसरमा च्यासलमा आयोजित कार्यक्रममा लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक रहेको बताएकी हुन्।
उनले प्राप्त लोकतान्त्रिक उपलब्धिका पछाडि अमात्यजस्ता अग्रजहरूको लामो संघर्ष, त्याग र समर्पण रहेको उल्लेख गरिन्।
भण्डारीले पछिल्ला दिनमा सुनसरीसहित तराईका केही जिल्लामा देखिएकोप्रति चिन्ता व्यक्त गर्दै नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र भएकाले विविधताबीचको एकता, आपसी सम्मान, सहिष्णुता र सामाजिक सद्भाव जोगाउन सबैले संयमता अपनाउनुपर्नेमा जोड दिइन्।
कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्षसमेत रहेका नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपाल र पूर्वअध्यक्ष केशवप्रसाद बडाललाई सम्मान गरिएको थियो।









