प्रहरीको रिपोर्ट : तराईका जिल्लामा अवस्था सामान्य बन्दै, सुरक्षाकर्मीको उपस्थित राम्रो



बिजमाण्डू
२०८३ साउन १७ गते १२:३९ | Aug 2, 2026
प्रहरीको रिपोर्ट : तराईका जिल्लामा अवस्था सामान्य बन्दै, सुरक्षाकर्मीको उपस्थित राम्रो


काठमाडौं। गत आइतबार रातिदेखि बिग्रिएको तराईका जिल्लाको अवस्था अहिले सामान्य बन्दै गएको छ। प्रहरीका अनुसार सुनसरी, सिरहा, सप्तरी, पर्सा लगायतका जिल्लाको अवस्था सामान्य बन्दै गएको हो।

Tata
GBIME

जिल्ला प्रशासन कार्यालयहरूले लगाएको कर्फ्यु र निषेधाज्ञा पनि खुकुलो बन्दै गएको छ। सिरहा, सप्तरी, पर्सामा भने ५ जना भन्दाबढी मानिस भेला हुन नदिने गरि प्रहरी परिचालन गरिएको छ। सुनसरीमा बिहान एक महिलालाई ढुंगा प्रहारको बिषयमा केही समय विरोध भएको थियो।

‘कर्फ्यु गोल बजारमा मात्र थियो। त्यसलाई पनि खुकुलो बनाइएको छ। अहिले सामान्य बनेको छ,’ नेपाल प्रहरीका प्रवक्ता डीआइजी अबिरनारायण काफ्लेले भने।

अहिले गृहमन्त्री सुधन गुरुङ पनि आफैँ जिल्ला-जिल्लामा पुगेर प्रदर्शनमा उत्रिएका समूहबीच सहमति, संवाद गरिरहेका छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पनि फिल्डमै छ।

नेपाल प्रहरीका उच्च तहका प्रहरी अधिकृतलाई पनि जिल्ला-जिल्लामा खटाइएको छ। विभिन्न दल, नागरिक समाजको पहलमा विभिन्न जिल्लामा सद्भाव र्‍याली पनि निकालिएको छ। सिरहामा आइतबार बिहान सद्भाव र्‍याली निस्किएको थियो।

सुनसरीमा गत आइतबार भएको झडपपछि अवस्था अशान्त हुँदा अहिलेसम्म तीन जनाको मृत्यु भएको छ। केही घाइते भएका छन्।