भ्याटमा दर्ता हुनेको संख्या ३ लाख ७८ हजार पुग्यो, एक वर्षमा थपिए २६ हजार ५३३ संस्था



बिजमाण्डू
२०८३ साउन १७ गते ११:३९ | Aug 2, 2026
भ्याटमा दर्ता हुनेको संख्या ३ लाख ७८ हजार पुग्यो, एक वर्षमा थपिए २६ हजार ५३३ संस्था


काठमाडौं। मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता हुने संस्था/कम्पनीको संख्या ३ लाख ७८ हजार २६८ पुगेको छ। ती मध्ये २६ हजार ५३३ संस्था/कम्पनी गत आर्थिक वर्ष २०८२/८३ मा थपिएका हुन्।

Tata
GBIME

आन्तरिक राजस्व विभागको तथ्यांकअनुसार अन्त:शुल्कमा दर्ता हुने कुल संस्था १ लाख ३२ हजार ६७२ पुगेका छन्। तीमध्ये ७ हजार ६७५ संस्था गत आवमा थपिएका छन्।

त्यसैगरी व्यावसायिक प्यान लिनेको संख्या २१ लाख ७४ हजार ९९२ पुगेको छ। तीमध्ये १ लाख १४ हजार ३३४ गत आवमा थप भएका हुन्।

गत आवमा ७ लाख ९३ हजार ९८६ जनाले व्यक्तिगत प्यान लिएका छन्। यससँगै व्यक्तिगत प्यान लिनेको संख्या ५६ लाख ९६ हजार ७०८ पुगेको विभागले जनाएको छ।

डब्लू प्यान लिनेहरू ३९ हजार १६४ पुगेका छन्। गत वर्ष यस्तो प्यान लिनेको संख्या ३ हजार २९४ थप भएको छ। भुक्तानीकै क्रममा करकट्टी गर्नका लागि गैरसरकारी संस्था, विद्यालयलगायतले यस्तो प्यान उपयोग गर्दै आएका छन्।