सुनको मूल्य तोलामा एक हजार ८०० रुपैयाँले घट्यो, चाँदीको भाउ पनि सस्तियो



बिजमाण्डू
२०८३ साउन १७ गते ११:२६ | Aug 2, 2026
सुनको मूल्य तोलामा एक हजार ८०० रुपैयाँले घट्यो, चाँदीको भाउ पनि सस्तियो


काठमाडौं । आज सुनको मूल्य अघिल्लो दिनको भन्दा तोलामा एक हजार ८०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य आज प्रति तोला २ लाख ८३ हजार २०० रुपैयाँ निर्धारण भएको छ।

Tata
GBIME

शुक्रबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर प्रति तोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य आज तोलामा ४५ रुपैयाँ घटेको छ। आइतबार चाँदी प्रति तोला ४ हजार ३१५ रुपैयाँमा आइपुगेको छ।

शुक्रबार चाँदी प्रति तोला ४ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस ४०४३.३६ डलर रहेको छ। चाँदीको मूल्य भने प्रति औंस ५७.६१ डलर छ।