मधेश केन्द्रित दलका नेतासँग प्रधानमन्त्रीको प्रतिबद्धता, ‘प्रदेशको सशक्तीकरण प्राथमिकतामा छ’



बिजमाण्डू
२०८३ साउन १५ गते २०:१६ | Jul 31, 2026
मधेश केन्द्रित दलका नेतासँग प्रधानमन्त्रीको प्रतिबद्धता, ‘प्रदेशको सशक्तीकरण प्राथमिकतामा छ’


काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले आफू नेतृत्वको सरकारले प्रदेशहरूको सशक्तीकरणलाई उच्च प्राथमिकतामा राखेको बताएका छन्।

Tata
GBIME

तराई–मधेशमा उत्पन्न पछिल्लो समसामयिक परिस्थितिबारे मधेश केन्द्रित दलका नेताहरूसँगको छलफलमा प्रधानमन्त्री शाहले संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनले प्रदेशहरू पूर्ण रूपमा सशक्त बन्ने बताएका हुन्।

संविधान जारीपछि सङ्घीयताको अभ्यास निरन्तर भइरहेको उल्लेख गर्दै उनले प्रदेशहरूलाई केन्द्रबाट आफ्ना अधिकार लिन र स्थानीय तहसम्म अधिकारको सहज प्रत्यायोजन गर्न सक्षम बनाउन वर्तमान सरकार प्रतिबद्ध रहेको पनि शाहले बताए।

सरकारले प्रस्तुत गरेको बजेट पूर्ण रूपमा समावेशी र देशका सबै भौगोलिक क्षेत्र, समुदाय तथा वर्गको हितलाई समेट्ने उद्देश्य राखेको उनले बताए।

बैठकमा सहभागी नेताहरूले तराई मधेश क्षेत्रका विविध समसामयिक समस्या, सुरक्षा चुनौती, सुशासनको प्रत्याभूति र सङ्घीयताको मजबुतीबारे सुझाव प्रस्तुत गरेका थिए।