महासंघले आफ्ना प्रदेश र जिल्ला/नगर सञ्जाललाई भन्यो- सामाजिक सद्‍भावका लागि सक्रिय हुनू



बिजमाण्डू
२०८३ साउन १५ गते १२:५० | Jul 31, 2026
महासंघले आफ्ना प्रदेश र जिल्ला/नगर सञ्जाललाई भन्यो- सामाजिक सद्‍भावका लागि सक्रिय हुनू


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले सामाजिक सद्‍भाव कायम गर्नका लागि सक्रिय हुन आफ्ना प्रदेश महासंघ र जिल्ला/नगर संघलाई आग्रह गरेको छ।

Tata
GBIME

सुनसरीको कप्तानगञ्ज घटनालाई लिएर तराईका विभिन्न क्षेत्रमा देखिएको तनावप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै एफएनसीसीआईले सामाजिक सद्‍भाव कायम गर्नका लागि सक्रिय रहन आफ्ना प्रदेश महासंघ र जिल्ला/नगर संघलाई आग्रह गरेको हो।

एफएनसीसीआईले शुक्रबार प्रेस विज्ञप्ति निकालेर भनेको छ, ‘तराईका विभिन्न जिल्लामा देखा परेको वर्तमान तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्न महासंघले सम्बद्ध सबै पक्षलाई संयमता अपनाउन आह्वान गरिसकेको छ। महासंघले आफ्ना प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई स्थानीय प्रशासन, राजनीतिक दल, नागरिक समाज, धार्मिक गुरु तथा स्थानीय अगुवासँग आवश्यक समन्वय गरी भाइचारा र शान्ति सुरक्षा कायम राख्नका लागि सक्रिय पहल गर्न आग्रह गरेको छ।’