नेपाल टेलिकमले ल्यायो मनसुन अफर, पोस्टपेड र प्रिपेड मोबाइल सेवामा आकर्षक योजना



बिजमाण्डू
२०८३ साउन १२ गते १३:०९ | Jul 28, 2026
नेपाल टेलिकमले ल्यायो मनसुन अफर, पोस्टपेड र प्रिपेड मोबाइल सेवामा आकर्षक योजना


काठमाडौं। आफ्नो मोबाइल सेवा प्रयोगकर्ताका लागि नेपाल टेलिकमले मनसुन अफर २०८३ मा विभिन्न प्याकेजहरु उपलब्ध गराएको छ। आजबाट लागू हुने अफर अन्तर्गत केही थप सुविधासहित पहिलेदेखि नै उपलब्ध विभिन्न प्याकेजहरुलाई कम्पनीले निरन्तरता दिएको हो।

Tata
GBIME

पोस्टपेड ग्राहकका लागि ‘पोस्टपेड ३७३ प्याक’ र ‘पोस्टपेड ४९९ प्याक’ उपलब्ध हुनेछ। ३७३ रुपैयाँमा ३० दिन समयावधि भएको प्याक अन्तर्गत ६ जीबी डाटा चलाउन, ४०० मिनेट अल–नेट भ्वाइस कल गर्न र ५० वटा अल–नेट एसएमएस पठाउन सकिने छ भने ४९९ रुपैयाँमा १० जीबी डाटा चलाउन, ५०० मिनेट अल–नेट भ्वाइस कल गर्न र १०० वटा अल–नेट एसएमएस पठाउन सकिने कम्पनीले जनाएको छ।

पोस्टपेड मोबाइलका लागि लोकप्रिय सजिलो अनलिमिटेड प्याक अन्तर्गत थप सुविधासहित ६९९ रुपैयाँमा अनलिमिटेड अल–नेट भ्वाइस, दैनिक २ जीबीका दरले मासिक ६० जीबी डाटा र २०० एसएमएस उपलब्ध हुनेछ।

त्यसैगरी ७९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस, दैनिक १० जीबीका दरले ३०० जीबी डाटा र २५० एसएमएस उपलब्ध हुनेछ भने ९९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस दैनिक १५ जीबीका दरले ४५० जीबी डाटा र ३०० एसएमएस उपलब्ध हुनेछ। त्यसैगरी, अलि बढी डाटा प्रयोग गर्ने ग्राहकका लागि १,४९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस, ५०० जीबी डाटा र ३५० एसएमएस तथा १,९९९ रुपैयाँमा उपलब्ध हुने एक्जिक्युटिभ प्याक अन्तर्गत अनलिमिटेड भ्वाइस, अनलिमिटेड डाटा र ५०० एसएमएस सुविधा उपलब्ध हुनेछ ।

प्रिपेड ग्राहकको हकमा डाटा प्याकतर्फ थप प्याकको रुपमा ९९ रुपैयाँमा १ दिन समयावधिको ८ जीबी डाटा प्याक र १९९ रुपैयाँमा ७ दिन समयावधि भएको २० जीबी डाटा प्याक उपलब्ध गराइएको छ । सजिलो अनलिमिटेड प्रिपेड प्याकलाई थप आकर्षक बनाइएको छ । यस अनुसार ९९९ रुपैयाँमा अनलिमिटेड अल–नेट भ्वाइस कल, दैनिक १५ जीबीका दरले मासिक ४५० जीबी डाटा र ३०० अल–नेट एसएमएस प्राप्त हुनेछ भने १,४९९ रुपैयाँमा अनलिमिटेड अल–नेट भ्वाइस कल, मासिक ५०० जीबी डाटा र ३५० अल–नेट एसएमएसको सुविधा उपलब्ध कम्पनीले बताएको छ ।

स्वतः नवीकरण हुने सब्स्क्रिप्सन प्याकेज अन्तर्गत नमस्ते रिकरिङ २९९, ४९९ र ७९९ प्याक उपलब्ध भएकोमा अब नमस्ते रिकरिङ ६९९ प्याक समेत उपलब्ध हुने जनाइएको छ। त्यसैगरी, कर्पोरेट युजर ग्रुपका लागि उपलब्ध सीयूजी  प्याकेजमा समेत नयाँ आकर्षक प्याकहरु बनाइएको छ।

हाल सञ्चालनमा रहेको नमस्ते क्रेडिट (सापटी) सेवामा परिमार्जन गरिएको छ। सापटी सुविधालाई यही साउन १५ गतेदेखि लागु हुने गरी ३० रुपैयाँ बनाइएको छ। उक्त सापटी रकमबाट ३० रुपैयाँ वा सो भन्दा कम मूल्यका कुनै पनि डाटा, भ्वाइस वा एसएमएस प्याकेजहरू सजिलै खरिद गर्न सकिने कम्पनीले जनाएको छ।