काठमाडौं। लगातार बढिरहेको सुनको मूल्य साताको अन्तिम दिन घटेको छ। सुनको मूल्य शुक्रबार तोलामा ५ हजार ८०० रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रति तोला २ लाख ८५ हजार ५०० रुपैयाँ निर्धारण गरेको छ।
सुनको भाउ बिहीबार तोलामा ३०० र बुधबार ५ हजार ४०० रुपैयाँ बढेको थियो।
शुक्रबार चाँदीको मूल्य पनि तोलामा १५५ रुपैयाँ घटेर ४ हजार ३५० रुपैयाँमा आइपुगेको छ।
अन्तराष्ट्रिय बजारमा शुक्रबार सुन प्रति औंस ४०२९.०७ डलर र चाँदी ५७.४६ डलरमा कारोबार भइरहेको छ।










