बैंकिङ कसुरको मुद्दामा शंकर अग्रवाललाई अदालतले छोड्न मानेन, कारागार चलान



बिजमाण्डू
२०८३ साउन ७ गते १९:३६ | Jul 23, 2026
बैंकिङ कसुरको मुद्दामा शंकर अग्रवाललाई अदालतले छोड्न मानेन, कारागार चलान


काठमाडौं। शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पुर्पक्षका लागि कारागार चलान भएका छन्। अग्रवाल बैंकिङ कसुरको मुद्दामा उच्च अदालत पाटनको आदेशमा बिहीबार कारागार चलान भएका हुन्।

Tata
GBIME

अग्रवाललाई मतियारको रुपमा प्रतिवादी बनाइ बैंकिङ कसुरमा गत जेठ २८ मा मुद्दा दायर भएको थियो। त्यतिखेर फरार रहेका अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले बुधबार डिल्लीबजारबाट पक्राउ गरेको थियो।

न्यायाधीश अर्जुन कोइराला र कविप्रसाद न्यौपानेको इजलासले अग्रवाललाई थुनामा पठाउन आदेश दिएको हो। अग्रवालका जेठा छोरा सुलभ पनि पुर्पक्षका लागि थुनामा छन्।