अर्थमन्त्री वाग्लेले राजस्वको लक्ष्य प्राप्तिको तयारीबारे विभागमा पुगेर भुसालसँग लिए ब्रिफिङ



बिजमाण्डू
२०८३ साउन ७ गते १४:१० | Jul 23, 2026
अर्थमन्त्री वाग्लेले राजस्वको लक्ष्य प्राप्तिको तयारीबारे विभागमा पुगेर भुसालसँग लिए ब्रिफिङ


काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्वको लक्ष्य प्राप्तिको तयारीबारे आन्तरिक राजस्व विभाग पुगेर ब्रिफिङ लिएका छन्।

Tata
GBIME

उनले बिहीबार अर्थसचिव घनश्याम उपाध्यायलाई साथै लिएर विभाग गइ बजेटमा तोकिएको राजस्वको लक्ष्य प्राप्तिका लागि विभागको तयारीबारे ब्रिफिङ लिएका हुन्।

विभागका महानिर्देशक भीष्मकुमार भुसालले विभागको सांठनिक संरचना, कर संकलनको लक्ष्य र तयारीबारे प्रस्तुतीकरण गरेको वाग्लेको सचिवालयले जनाएको छ।

ब्रिफिङपछि वाग्लेले विभाग र मातहतका कर्मचारीलाई लक्ष्य प्राप्तिमा खरोरुपमा उत्रिन निर्देशन दिएका छन्।