वीरगंज-पथलैया करिडोरका ६ उद्योगमाथि कारबाही, मन्त्रीको निर्देशनमा १०/१० लाख जरिवाना



बिजमाण्डू
२०८३ साउन ५ गते १९:२५ | Jul 21, 2026
वीरगंज-पथलैया करिडोरका ६ उद्योगमाथि कारबाही, मन्त्रीको निर्देशनमा १०/१० लाख जरिवाना
गौरीकुमारी यादव


काठमाडौं। वातारवरण प्रदूषण गरेको भन्दै ६ वटा उद्योगलाई कारबाही गरिएको छ।

Tata
GBIME

वीरगंज-पथलैया औद्योगिक करिडोरमा सञ्चालितमध्ये ६ वटा उद्योगलाई सिर्सिया नदीमा प्रदूषण गरेको भन्दै उद्योग वाणिज्य तथा आपूर्त्रीमन्त्री गौरीकुमारी यादवको निर्देशनमा कारबाही गरिएको हो। 

मन्त्री यादवको निर्देशनमा सिर्सिया नदी आसपास सञ्चालित उद्योगलाई प्रदूषण नियन्त्रण गर्न एक महिनाको समय दिइएको थियो।

तर निर्देशन अटेर गरी वातावरणीय मापदण्ड उल्लंघन गरेको भन्दै ६ उद्योगलाई १० लाख रुपैयाँका दरले जरिवाना गरेको मन्त्री यादवको सचिवालयले जनाएको छ।

जरिवाना गरिएका उद्योगमा जगदम्बा स्टील, हुलास स्टील, शिवशक्ति घिउ, सुशील वनस्पति, अन्नपूर्ण भेजिटेबल प्रोडक्ट्स र अशोक स्टील छन्।

वातावरण विभागका प्राविधिकसहितको अनुगमन टोलीले बारा र पर्साका २१ उद्योगको निरीक्षण गरी फोहोर पानीको नमुना संकलन गरेको थियो। ती नमुनाको प्रयोगशाला परीक्षणबाट ६ उद्योगले वातावरणीय मापदण्ड उल्लंघन गरेको पुष्टि भएको मन्त्रीको सचिवालयले बताएको छ।