कीर्तिपुरको ट्याङ्लाफाँटमा जलेको गाडी र पुरुषको मृत्युबारे अनुसन्धान गर्दै प्रहरी



बिजमाण्डू
२०८३ साउन ५ गते १४:२८ | Jul 21, 2026
कीर्तिपुरको ट्याङ्लाफाँटमा जलेको गाडी र पुरुषको मृत्युबारे अनुसन्धान गर्दै प्रहरी
यो प्रतिकात्मक तस्विर एआईबाट बनाइएको हो।


काठमाडौं । कीर्तिपुरको ट्याङलाफाँटमा आगजनी भएको गाडी भित्र एक पुरुषको शव फेला परेको छ।

Tata
GBIME

बा ५ च ३०३८ नम्बरको गाडीमा एक्कासी आगजनी भएको प्रत्यक्षदर्शीको भनाइ छ। प्रारम्भिक अनुसन्धानमा गाडी भित्र रहेका एक पुरुषको जलेर मृत्यु भएको देखिएको छ।

बिहान करिब पौने ११ बजेतिर गाडी जलेको देखिए पछि स्थानीय र प्रहरीले निभाउने प्रयास गरे पनि सम्भव भएको थिएन गाडीभित्र नै एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ।

‘गाडीभित्र एक पुरुषको शव भेटिएको छ। थप अनुसन्धान गरिरहेका छौं,’जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराइले भने।

पुरुषको पहिचान खुल्न सकेको छैन। चलिरहेको गाडी एक्कासी रोकिएको स्थानीयले प्रहरीलाई जानकारी दिएका छन्। त्यसपछि गाडीमा आगो लागेको देखिएको छ। तर, प्रहरीले यसबारे स्वतन्त्र रुपमा पुष्टि गरेको छैन।

गाडी कुनै बैंकबाट ऋण लिएर किनिएको देखिएको छ। सो गाडी सुरेश चन्द्र श्रेष्ठले ऋणमा लिएको खुलेको छ।