करदातालाई सरकारको उपहार कार्यक्रम, हरेक दिन एक जनालाई १ लाख ३३ हजार



बिजमाण्डू
२०८३ साउन ५ गते ११:११ | Jul 21, 2026
करदातालाई सरकारको उपहार कार्यक्रम, हरेक दिन एक जनालाई १ लाख ३३ हजार


काठमाडौं। सरकारले करदातालाई प्रोत्साहन गर्न उपहार कार्यक्रम ल्याएको छ।

Tata
GBIME

हरेक दिन एक जनाले १ लाख ३३ हजार ३३४ रुपैयाँ पाउने गरी सरकारले उपहार कार्यक्रम ल्याएको हो। यसबाहेक महिनामा दुई जनाले १०/१० लाख रुपैयाँ पाउनेछन्।

यो कार्यक्रममा १०० रुपैयाँभन्दा बढीको कारोबारमा अनलाइन वा नगद भुक्तानी गरी बिल लिएका नागरिक सहभागी हुन पाउनेछन्।

वस्तु तथा सेवा खरिद विक्रीमा बिल लिने दिने संस्कृति विकास गरी कर अनुपालन अभिवृद्धि गर्न सरकारले करदाता प्रोत्साहन कार्यक्रम ल्याएको हो। यसले उपभोक्तालाई बिल लिन उत्प्रेरित गर्ने सरकारको विश्वास छ।

हरेक महिनाको १६ गते र अन्तिम दिन लखपति योजना घोषणा गरिने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले जनाएको छ। यसका लागि कार्यविधि बनाइएको छ।