चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको संख्या १८ प्रतिशतले वृद्धि, एक वर्षमा पौने तीन लाख



बिजमाण्डू
२०८३ साउन ३ गते १५:०२ | Jul 19, 2026
चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको संख्या १८ प्रतिशतले वृद्धि, एक वर्षमा पौने तीन लाख


चितवन। पर्यटकहरुको संख्या चितवन राष्ट्रिय निकुञ्जमा १८ प्रतिशतले बढेको छ। गत आर्थिक वर्ष करिब पौने तीन लाख पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गरेका छन्।

Tata
GBIME

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार २ लाख ७२ हजार ९२३ पर्यटकले निकुञ्जको भ्रमण गरेका हुन्।

ती मध्ये २२ हजार ८८३ जना सार्क मुलुक, ८८ हजार ६६५ जना अन्य मुलुक र बाँकी आन्तरिक पर्यटक हुन्।

पर्यटकहरु एकसिङ्गे गैँडा, पाटेबाघ, भालु, हात्ती तथा विभिन्न प्रजातिका चराचुरुङ्गी अवलोकनका लागि निकुञ्ज पुग्ने गरेका छन्। पर्यटकको संख्या बढ्दा निकुञ्ज कार्यालयले २७ करोड ६३ लाख ४० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वन घुम्ने पर्यटकको संख्या अघिल्लो आवमा २ लाख ३१ हजार ३२९ थियो।