‘फेसबुक इज डाउन’ : प्राविधिक गडबडीका कारण प्रयोगकर्ताले चलाउन पाएनन फेसबुक



बिजमाण्डू
२०८३ साउन ३ गते १३:५२ | Jul 19, 2026
‘फेसबुक इज डाउन’ : प्राविधिक गडबडीका कारण प्रयोगकर्ताले चलाउन पाएनन फेसबुक


काठमाडौं। फेसबुकमा समस्या देखिएको छ। विश्वभरका प्रयोगकर्ताले फेसबुकमा समस्या आएको भन्दै रिपोर्ट गरेका छन्।

Tata
GBIME

फेसबुक अहिले धेरै डेस्कटप प्रयोगकर्ताका लागि अस्थायी रूपमा डाउन भएको देखिएको छ। मोबाइल एपमा भने फेसबुक संचालनमै रहेको प्रयोगकर्ताहरूले बताएका छन्।

डाउनडिटेक्टर र इजडाउन जस्ता वेबसाइटहरूमा फेसबुकसम्बन्धी समस्याको रिपोर्ट तीव्र रूपमा बढिरहेको छ। अमेरिका, अस्ट्रेलिया, फिलिपिन्स, बेलायत, दक्षिण अफ्रिका, बंगलादेश लगायत विभिन्न देशका प्रयोगकर्ताले फेसबुक प्रयोग गर्न नसकेको बताएका छन्।

धेरै प्रयोगकर्ताले फेसबुक खोल्ने प्रयास गर्दा ‘अकाउन्ट टेम्पोररिली अनअभाइलेबल’ भन्ने सन्देश देखिएको बताएका छन्। त्यसमा ‘केही बेरमा पुनः लगइन गर्न’ भनिएको छ।

यस सन्देशले समस्या प्रयोगकर्ताको अकाउन्टमा नभई फेसबुकको प्रणालीमा आएको प्राविधिक गडबडीका कारण भएको संकेत गर्छ।

समस्याको वास्तविक कारणबारे फेसबुकको माउ कम्पनी मेटाले हालसम्म आधिकारिक जानकारी दिएको छैन। सेवा कहिले पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन्छ भन्ने पनि स्पष्ट छैन।