रत्नपार्कमा भूमिगत पार्किङ निर्माण गर्न प्रस्ताव, अफ-स्ट्रिट पार्किङ विस्तारको पनि योजना



बिजमाण्डू
२०८३ असार ३२ गते १७:५८ | Jul 16, 2026
रत्नपार्कमा भूमिगत पार्किङ निर्माण गर्न प्रस्ताव, अफ-स्ट्रिट पार्किङ विस्तारको पनि योजना
रत्नपार्क क्षेत्र। फाइल तस्वीर


काठमाडौं। उपत्यकाको यातायात प्रणाली सुधार गर्न रत्नपार्कमा भूमिगत पार्किङ निर्माण गर्न प्रस्ताव गरिएको छ।

Tata
GBIME

पूर्वाधार विकास मन्त्रालय र जाइकाले तयार पारेको ‘काठमाडौं भ्याली अर्बन ट्रान्सपोर्ट सिस्टम मास्टर प्लान’मा भूमिगत पार्किङ बनाउन प्रस्ताव गरिएको हो।

काठमाडौंमा अफ-स्ट्रिट पार्किङ विस्तारको योजना पनि अगाडि बढाउन लागिएको छ। रत्नपार्कलाई मल्टी-मोडल यातायात केन्द्र बनाउने प्रस्ताव छ। यो प्रस्तावमा विशेषगरी हनुमानढोका दरबार क्षेत्र र रत्नपार्क आसपासलाई केन्द्रमा राखिएको छ।

रत्नपार्कमा भूमिगत पार्किङका साथै भविष्यमा रेल-आधारित सार्वजनिक यातायातको स्टेसन पनि विकास गर्ने अवधारणा माष्टर प्लानमा उल्लेख छ।

रत्नपार्कलाई बस सेवा, पैदलमार्ग, रेल सेवा र पार्किङलाई एकै स्थानमा जोड्ने ट्रान्जिट-ओरिएन्टेड डेभलपमेन्ट हबका रुपमा विकास गर्ने लक्ष्य राखिएको छ।

मास्टर प्लानमा रत्नपार्कदेखि हनुमानढोका दरबार क्षेत्रसम्म पैदल यात्रुका लागि पुल तथा सुरक्षित पैदलमार्गको व्यवस्था गर्ने उल्लेख छ।

प्रस्तावित अफ-स्ट्रिट पार्किङ योजनाले सडक किनारको अव्यवस्थित पार्किङ घटाउने, काठमाडौंको मुख्य व्यापारिक तथा ऐतिहासिक क्षेत्रमा ट्राफिक जाम कम गर्ने, सार्वजनिक यातायात प्रयोगलाई प्रोत्साहन गर्ने विश्वास गरिएको छ।