निजी क्षेत्रसँग संवाद बढाउँदै प्रधानमन्त्री बालेन, महिला उद्यमीले पनि पाए समस्या सुनाउने मौका



बिजमाण्डू
२०८३ असार ३२ गते १२:४६ | Jul 16, 2026
निजी क्षेत्रसँग संवाद बढाउँदै प्रधानमन्त्री बालेन, महिला उद्यमीले पनि पाए समस्या सुनाउने मौका


काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले निजी क्षेत्रसँगको संवादलाई निरन्तरता दिएका छन्।

Tata
GBIME

प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको तीन महिनापछि पहिलोपटक असार २४ गते निजी क्षेत्रका प्रतिनिधिलाई बोलाएर उनीहरुका समस्या सुनाएका बालेनले त्यसयता संवादलाई निरन्तरता दिएका हुन्।

पहिलो दिन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीलाई डाकेका बालेनले निर्माण व्यवसायी, ऊर्जा उद्यमीदेखि होटल व्यवसायीसँग छलफल गरिसकेका छन्।

उनले बिहीबार महिला उद्यमी महासंघका पदाधिकारीलाई निम्तो गरेका छन्। बालेनले महासंघका प्रतिनिधिसँग महिला उद्यमशीलता प्रवर्धन, नीतिगत सुधार तथा उद्योग क्षेत्रमा महिलाहरूको सहभागिता वृद्धिका विषयमा संवाद गर्ने उनको सचिवालयले जनाएको छ।

महासंघका तर्फबाट अध्यक्ष दर्शना श्रेष्ठ, तृतीय उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ, महासचिव सविता सुवेदी, सचिव डिकिला शेर्पा लामा र कार्यकारिणी सदस्य अनुजा राजभण्डारी श्रेष्ठ सहभागी हुँदैछन्।