हाइड्रोजनमा आधारित सवारी साधन चलाउन कानुनी व्यवस्था गर्दै सरकार, मन्त्रालयले माग्यो सुझाव



बिजमाण्डू
२०८३ असार ३२ गते ११:३२ | Jul 16, 2026
हाइड्रोजनमा आधारित सवारी साधन चलाउन कानुनी व्यवस्था गर्दै सरकार, मन्त्रालयले माग्यो सुझाव


काठमाडौं। सरकारले हाइड्रोजनमा आधारित सवारी साधन सञ्चालनका लागि कानुनी व्यवस्था गर्ने भएको छ।

Tata
GBIME

हाइड्रोजनमा आधारित सवारी साधन सञ्चालन सम्बन्धमा आवश्यक नीति, कानुन तथा प्राविधिक आधार तयार गर्न पूर्वाधार विकास मन्त्रालयले सरोकारवालासँग सुझाव मागेको छ।

मन्त्रालयले विश्वका उत्कृष्ट अभ्यास, नीति तथा कानुनी व्यवस्था, हाइड्रोजन उत्पादन, भण्डारण, ढुवानी, वितरण तथा इन्धन भर्ने पूर्वाधार, सुरक्षा मापदण्ड, विद्यमान आन्तरिक दहन इन्जिनयुक्त सवारी साधनलाई हाइड्रोजन प्रविधिमा रूपान्तरण गर्ने सम्भावना, आवश्यक प्रविधि, लागत, नियामनको व्यवस्था प्राविधिक जनशक्ति र संस्थागत क्षमता विकासका विषयलाई समेटेर सुझाव पेस गर्न आग्रह गरेको छ।

विश्वविद्यालय, अनुसन्धान संस्था, व्यावसायिक निकाय, उद्योग, विकास साझेदार, अन्तर्राष्ट्रिय संस्था तथा अन्य सरोकारवालाले सुझाव दिन सक्नेछन्।

मन्त्रालयले प्राप्त सुझावको अध्ययनपछि हाइड्रोजनमा आधारित सवारी साधनसम्बन्धी नीति, कानुन, मापदण्ड तथा कार्यविधि तर्जुमा प्रक्रिया अगाडि बढाउने जनाएको छ।