दूरसञ्चार प्राधिकरणमा कर्मचारीलाई नेतृत्व, निर्देशक घिमिरेले पाए अध्यक्षमा नियुक्ति



बिजमाण्डू
२०८३ असार २९ गते १६:४० | Jul 13, 2026
दूरसञ्चार प्राधिकरणमा कर्मचारीलाई नेतृत्व, निर्देशक घिमिरेले पाए अध्यक्षमा नियुक्ति


काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरेले बाजी मारेका छन्। प्राधिकरणका उपभोक्ता हित संरक्षण महाशाखाका निर्देशक घिमिरे अध्यक्ष बनेका हुन्।

Tata
GBIME
Nepal Life

मन्त्रिपरिषद् बैठकले घिमिरेलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो। सञ्चार मन्त्रालयका प्रवक्ता उदयबहादुर रानामगरले मन्त्रिपरिषद्‍ले घिमिरेलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको जानकारी आएको तर नियुक्तिपत्र दिन बाँकी रहेको बताए।

सञ्चार मन्त्रालयले प्राधिकरणको अध्यक्ष नियुक्त गर्न वैशाख २६ गते विज्ञापन गरेकामा २९ जनाले आवेदन दिएका थिए। मन्त्रालयले तीमध्ये ९ जनालाई सर्टलिस्ट गरी असार २४ गते अन्तर्वार्ता लिएको थियो।

मन्त्रिपरिषद् बैठक असार २४ पछि बसेको छैन। त्यो दिन मन्त्रिपरिषद् बैठक अपराह्न साढे ३ बजे बसेकामा अन्तर्वार्ता अपराह्न ५:४५ बजेसम्म चलेको थियो।

सरकारले गत वैशाख तेस्रो साता ल्याएको अध्यादेशका कारण यसअघिका अध्यक्ष भुपेन्द्र भण्डारी पदमुक्त भएपछि सरकारले नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया अगाडि बढाएको थियो।