एफएनसीसीआई कोशीमा विषयगत समितिका सभापति चयन, सदस्यता वितरण अध्यक्ष राउतकै नेतृत्वमा



बिजमाण्डू
२०८३ असार २७ गते २०:२५ | Jul 11, 2026
एफएनसीसीआई कोशीमा विषयगत समितिका सभापति चयन, सदस्यता वितरण अध्यक्ष राउतकै नेतृत्वमा


विराटनगर। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिले विषयगत समितिका सभापतिको चयन गरेको छ। संगठन विस्तार र सुदृढीकरणका लागि विषयगत समितिका सभापतिको चयन गरेको एफएनसीसीआई कोशीले जनाएको छ।

Tata
GBIME
Nepal Life

कार्यविभाजन अनुसार सदस्यता वितरण समितिको नेतृत्व अध्यक्ष राजेन्द्र राउत आफैँले गरेका छन्। उद्योग वाणिज्य परिषदमा ऋषिराज तिम्सिना, रोजगारदाता परिषदमा रबिन दाहाल, बैंक-वित्तीय समितिमा सुवास आचार्य, कर तथा राजस्व समितिमा देवकीनन्दन अग्रवाल र पर्यटन समितिमा भवेशकुमार श्रेष्ठ छन्।

महिला उद्यममा कृति श्रेष्ठ उपाध्याय, वस्तुगत समन्वय समितिमा राजन श्रेष्ठ, व्यापार मेला समितिमा कृष्णप्रसाद रिजाल, घरेलु तथा साना उद्योग समितिमा जयप्रकाश शर्मा, आयातनिर्यात समितिमा निर्मल भट्टराई र स्थल यातायात तथा पारवहन समितिमा मेघराज सिग्देल छन्।