काठमाडौं उपत्यका विकास प्राधिकरणमा शाक्य, मन्त्रिपरिषद्‍बाट तीनवटा नियमावली स्वीकृत



बिजमाण्डू
२०८३ असार २४ गते १७:१७ | Jul 8, 2026
काठमाडौं उपत्यका विकास प्राधिकरणमा शाक्य, मन्त्रिपरिषद्‍बाट तीनवटा नियमावली स्वीकृत


काठमाडौं। सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणको आयुक्तमा काठमाडौंका सुरज शाक्यलाई नियुक्त गरेको छ।

Tata
GBIME
Nepal Life

बुधबार अपराह्न सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको आयुक्त नियुक्त गर्ने निर्णय गरेको हो।

बैठकले कैलालीको गेटा अस्पताललाई शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको छ।

बैठकले तीन वटा नियमावली र दुई वटा योजना स्वीकृत गरेको छ। बैठकले विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली र कारागार नियमावली स्वीकृत गरेको हो।

यस्तै मानव अधिकारसम्बन्धी छैटौं राष्ट्रिय कार्ययोजना र भ्रष्टाचारविरूद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना पनि स्वीकृत गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।