उखु किसानले चिनी मिलबाट पाए बक्यौताको ९२ प्रतिशत भुक्तानी, सरकारको अनुदान पनि छिट्टै पाउने



बिजमाण्डू
२०८३ असार २१ गते ११:४३ | Jul 5, 2026
उखु किसानले चिनी मिलबाट पाए बक्यौताको ९२ प्रतिशत भुक्तानी, सरकारको अनुदान पनि छिट्टै पाउने


काठमाडौं। चालु आर्थिक वर्षमा १३ वटा चिनी मिलले उखु किसानलाई बक्यौताको ९२ प्रतिशत भुक्तानी गरेका छन्।

Tata
GBIME
Nepal Life

६८ हजार उखु किसानले पाउनुपर्ने कुल १३ अर्ब ७६ करोड रुपैयाँमध्ये करिब ९२ प्रतिशत रकम मिलहरूले भुक्तानी गरिसकेको सरकारले जनाएको छ।

सरकारको १०० दिने उपलब्धिहरूमा चालु आर्थिक वर्षमा उखु किसानलाई ९२ प्रतिशत भुक्तानी गरेको पनि उल्लेख छ।

सरकारले प्रति क्विन्टल ७० रुपैयाँका दरले दिने करिब १ अर्ब ५२ करोड अनुदान रकम सम्बन्धित निकायमा निकासा भई असार २५ भित्र किसानको खातामा जम्मा हुने क्रममा रहेको सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले बताएका छन्। अघिल्ला वर्षहरूको तुलनामा यसपटक उखुको भुक्तानी किसानले चाँडै पाएको उनले बताए।

बैंक खाता र प्यान जस्ता प्राविधिक विवरण नमिलेका कारण रोकिएका केही किसानहरूको बाँकी भुक्तानी समेत तत्काल हुने व्यवस्था मिलाइएको सरकारले जारी गरेको १०० दिनका उपलब्धि विवरणमा उल्लेख छ।