बसको रङ फेर्नुभन्दा सार्वजनिक यातायात सुरक्षित र महिलामैत्री बनाउनु आवश्यक : कुलमान

बिजमाण्डू
२०८३ असार २० गते १२:५४ | Jul 4, 2026
बसको रङ फेर्नुभन्दा सार्वजनिक यातायात सुरक्षित र महिलामैत्री बनाउनु आवश्यक : कुलमान

काठमाडौं । सरकारले महिलाको सुरक्षित आवागमनका लागि ‘ब्लु बस’ सञ्चालन गर्ने तयारी अघि बढाइरहेका बेला पूर्व ऊर्जा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले बसको रङ परिवर्तनभन्दा सार्वजनिक यातायात प्रणालीलाई नै सुरक्षित र महिलामैत्री बनाउनु आवश्यक रहेको बताएका छन्।

Tata
GBIME
Nepal Life

सामाजिक सञ्जालमार्फत शनिबार प्रतिक्रिया दिँदै घिसिङले महिलाको सुरक्षित यात्राका लागि विशेष व्यवस्था गर्नु सकारात्मक पहल भए पनि साझा यातायातले वर्षौंदेखि विद्युतीय सवारी प्रवर्द्धन गर्दै स्थापित गरेको हरियो पहिचानलाई रङ परिवर्तन गरेर कमजोर बनाउनु उपयुक्त नहुने बताएका छन्।

उनले हरियो रङ केवल बसको रङ नभई वातावरणमैत्री सार्वजनिक यातायातप्रतिको प्रतिबद्धता र हरित विकासको राष्ट्रिय संकल्पको प्रतीक भएको उल्लेख गरेका छन्। साझा यातायातका विद्युतीय बसले हरित सार्वजनिक यातायातको सन्देश प्रवाह गर्दै आएकाले त्यसको पहिचान जोगाउनुपर्ने उनको धारणा छ।

घिसिङले महिलाका लागि निःशुल्क वा विशेष बस सञ्चालन गर्ने योजना स्वागतयोग्य भए पनि त्यसलाई दीर्घकालीन समाधानका रूपमा लिन नहुने बताएका छन्। उनका अनुसार महिलाले जुनसुकै सार्वजनिक यातायात प्रयोग गर्दा पनि पूर्ण रूपमा सुरक्षित महसुस गर्ने वातावरण निर्माण गर्नु सरकारको मुख्य दायित्व हो।

‘महिलाको सुरक्षा कुनै एउटा ब्लु बसमा सीमित हुनु हुँदैन, सम्पूर्ण सार्वजनिक यातायात प्रणाली नै सुरक्षित, मर्यादित र महिलामैत्री बन्नुपर्छ,’ साझा यातायातको बसको फोटो पोस्ट गर्दै उनले लेखेका छन्। रङ परिवर्तनभन्दा सोच परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै उनले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गरी सार्वजनिक यातायातलाई सबैका लागि सुरक्षित, सम्मानजनक र विश्वासयोग्य बनाउनु नै सरकारको प्राथमिकता हुनुपर्ने बताएका छन्।

सरकारले शासकीय सुधारसम्बन्धी सय दिने कार्यसूचीअन्तर्गत महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न ‘ब्लु बस’ सञ्चालन गर्ने योजना अघि बढाएको हो। आगामी आर्थिक वर्षको बजेटमै उक्त कार्यक्रम समावेश गरिएकाले यसको कार्यान्वयन प्रक्रिया सुरु भएको सरकारले जनाएको छ। साझा यातायातका विद्युतीय बसलाई नै ब्लु बसका रूपमा प्रयोग गर्ने विषयमा पनि चर्चा भइरहेको छ।

काठमाडौं । सरकारले महिलाको सुरक्षित आवागमनका लागि ‘ब्लु बस’ सञ्चालन गर्ने तयारी अघि बढाइरहेका बेला पूर्व ऊर्जा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले बसको रङ परिवर्तनभन्दा सार्वजनिक यातायात प्रणालीलाई नै सुरक्षित र महिलामैत्री बनाउनु आवश्यक रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै घिसिङले महिलाको सुरक्षित यात्राका लागि विशेष व्यवस्था गर्नु सकारात्मक पहल भए पनि साझा यातायातले वर्षौंदेखि विद्युतीय सवारी प्रवर्द्धन गर्दै स्थापित गरेको हरियो पहिचानलाई रङ परिवर्तन गरेर कमजोर बनाउनु उपयुक्त नहुने बताएका छन्।

उनले हरियो रङ केवल बसको रङ नभई वातावरणमैत्री सार्वजनिक यातायातप्रतिको प्रतिबद्धता र हरित विकासको राष्ट्रिय संकल्पको प्रतीक भएको उल्लेख गरेका छन्। साझा यातायातका विद्युतीय बसले हरित सार्वजनिक यातायातको सन्देश प्रवाह गर्दै आएकाले त्यसको पहिचान जोगाउनुपर्ने उनको धारणा छ।

घिसिङले महिलाका लागि निःशुल्क वा विशेष बस सञ्चालन गर्ने योजना स्वागतयोग्य भए पनि त्यसलाई दीर्घकालीन समाधानका रूपमा लिन नहुने बताएका छन्। उनका अनुसार महिलाले जुनसुकै सार्वजनिक यातायात प्रयोग गर्दा पनि पूर्ण रूपमा सुरक्षित महसुस गर्ने वातावरण निर्माण गर्नु सरकारको मुख्य दायित्व हो।

‘महिलाको सुरक्षा कुनै एउटा ब्लु बसमा सीमित हुनु हुँदैन, सम्पूर्ण सार्वजनिक यातायात प्रणाली नै सुरक्षित, मर्यादित र महिलामैत्री बन्नुपर्छ,’ उनले लेखेका छन्। रङ परिवर्तनभन्दा सोच परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै उनले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गरी सार्वजनिक यातायातलाई सबैका लागि सुरक्षित, सम्मानजनक र विश्वासयोग्य बनाउनु नै सरकारको प्राथमिकता हुनुपर्ने बताएका छन्।