निजामती कर्मचारीलाई सिंहदरबारमै उपचार सेवा, सामान्य प्रशासन मन्त्रालयमा अस्पतालको इकाई



बिजमाण्डू
२०८३ असार १९ गते १५:३९ | Jul 3, 2026
निजामती कर्मचारीलाई सिंहदरबारमै उपचार सेवा, सामान्य प्रशासन मन्त्रालयमा अस्पतालको इकाई


काठमाडौं। सरकारले निजामती कर्मचारीलाई सिंहदरबारभित्रै उपचार सुविधा दिने व्यवस्था मिलाएको छ।

Tata
GBIME
Nepal Life

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती अस्पताललाई सिंहदरबारभित्रै उपचार सेवा इकाई राख्न लगाएको छ।

अस्पतालले सामान्य प्रशासन मन्त्रालयको भवनको तल्लो तलामा आफ्नो सेवा इकाई शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ।

कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको इकाई सिंहदरबारमै संचालनमा ल्याइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयमा सञ्चालनमा ल्याइएको इकाईबाट स्वास्थ्य परीक्षणका साथै रगत परीक्षण लगायत सेवा उपलब्ध गराइनेछ। यसले कर्मचारीलाई अस्पतालसम्म धाउनुपर्ने बाध्यता कम हुनुका साथै अस्पतालमा बढ्दो सेवाग्राहीको चाप व्यवस्थापन गर्न सहयोग पुग्ने मन्त्रालययको विश्वास छ।