रास्वपाले आफ्ना सांसदका गतिविधि डिजिटलरुपमा ट्र्याकिङ गर्ने, ‘पल्स आरएसपी’ प्लेटफर्म निर्माण



बिजमाण्डू
२०८३ असार १९ गते १४:२४ | Jul 3, 2026
रास्वपाले आफ्ना सांसदका गतिविधि डिजिटलरुपमा ट्र्याकिङ गर्ने, ‘पल्स आरएसपी’ प्लेटफर्म निर्माण


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरुलाई डिजिटलरुपमा ट्र्याकिङ गर्ने भएको छ। यसका लागि रास्वपाले ‘पल्स आरएसपी’ नामक डिजिटल प्लेटफर्म विकास गरेको छ।

Tata
GBIME
Nepal Life

रास्वपाले शुक्रबार सिंहदरबारमा सांसदहरुलाई बोलाएर ‘पल्स आरएसपी’बारे जानकारी गराएको छ। रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले अब हरेक सांसदले आफ्ना गतिविधि अनिवार्य रुपमा सिस्टममा अपडेट गराउनुपर्ने बताए।

उनका अनुसार निर्वाचन क्षेत्रमा भएका भ्रमण, भेटघाटजस्ता कार्यक्रम पनि पल्स आरएसपी प्लेटफर्ममा राख्नुपर्नेछ।

संसद्‍ बैठकमा बोल्ने विषयवस्तु समेत सिस्टममा अपडेट गर्नुपर्नेछ। पल्स आरएसपीबाट सांसदहरुको कार्यसम्पादन मूल्यांकन गर्न सहज हुने बुर्लाकोटीले बताए।