एनआईसी एशिया बैंकले ४ सामुदायिक विद्यालयलाई सहयोग गर्‍यो शैक्षिक सामग्री



बिजमाण्डू
२०८३ असार १९ गते १३:३२ | Jul 3, 2026
एनआईसी एशिया बैंकले ४ सामुदायिक विद्यालयलाई सहयोग गर्‍यो शैक्षिक सामग्री


काठमाडौं। एनआईसी एशिया बैंकले डडेल्धुरा, रुकुम पश्चिम र अछामका ४ सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकले डडेल्धुराको नवदुर्गा गाउँपालिका-१ स्थित भुवनेश्वरी माध्यमिक विद्यालयलाई २ थान प्रोजेक्टर उपलब्ध गराएको जनाएको छ। १५३ भन्दा बढी विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा प्रविधिमैत्री शिक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका-५ स्थित यमुनानन्द नमुना माध्यमिक विद्यालयलाई पनि बैंकले एक थान प्रिन्टर हस्तान्तरण गरेको छ। उक्त विद्यालयमा एक हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

यस्तै, अछामको मंगलसेन नगरपालिका-९ स्थित मंगला नेपाल राष्ट्रिय माध्यमिक विद्यालय र वडा नम्बर १४ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयलाई दुई/दुई थान ल्यापटप, चार/चार थान डेस्कटप कम्प्युटर तथा एक/एक थान प्रिन्टर प्रदान गरिएको बैंकले जनाएको छ।

बैंकका सम्बन्धित शाखा प्रमुखहरूले विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिलाई सामग्री हस्तान्तरण गरेका थिए।

बैंकका अनुसार उपलब्ध गराइएका उपकरणले पठनपाठनलाई प्रविधिमैत्री बनाउन, विद्यालयको प्रशासनिक कामलाई सहज बनाउन तथा विद्यार्थीको सूचना प्रविधिमा पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।